
काठमाडौं । नबिल बैंकले सञ्चालन गरिरहेको ‘नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप’ (नबिल एसएसई) कार्यक्रमको चौथो ब्याच छनोट भएको छ ।
नबिलले देशभरि विभिन्न क्षेत्रका सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न उद्देश्यले नबिल एसएसई सञ्चालन गर्दै आएको छ । हाल चौथो ब्याचका २० जना यो कार्यक्रमका लागि छनोट भएका हुन् । तीमध्ये ११ महिला र ९ पुरुष छन् ।
तीमध्ये काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ तथा खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका गरी ६ जना छन् ।
६ महिनासम्म चल्ने नबिल एसएसई कार्यक्रममा प्रत्येक महिना तीन दिन आवासीय तालिम उपलब्ध गराइने नबिलले जनाएको छ ।
नबिलका अनुसार चौथो ब्याचबाहेक हालसम्म ५६ जना यो कार्यक्रमबाट लाभान्वित भइसकेका छन् । तिनले ४५ उद्यम स्थापना गरिसकेका छन् भने १ हजार २ सयभन्दा बढी रोजगारी सिर्जना गरेका छन् ।
नबिल बैंकले यो कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेको छ । आफ्नो उद्यम सुरु गर्न चाहनेलाई सहयोग गर्न नबिलले यो कार्यक्रम सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया 4