+
+

सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १९:४०

२४ मंसिर, काठमाडौं । सवारी चालक अनुमतिपत्रमा भएको त्रुटि अब प्रदेशस्थित कार्यालयबाट सच्याउन पाइने भएको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात व्यवस्था तथा सेवा कार्यालयबाट सम्पादन गर्ने निर्णय भएको जानकारी गराएको छ ।

नेपालको संविधान २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार प्रदेशलाई दिएको छ । सोहीकारण विभागले सेवाग्राहीको सेवा ध्यानमा राख्दै उक्त अधिकार प्रदेशलाई दिएको हो ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?