+
+

सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १०:१४

२५ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले पुस ९ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले पुस २८ गतेका लागि साधारणसभा बोलाएको छ ।

पुस ८ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले लाभांश पाउने छन् । साथै कम्पनीले अन्य उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिनेका लागि सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?