+
+

हेराल्ड कलेजका ६२१ विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १३:०९

काठमाडौं । काठमाडौंमा रहेको हेराल्ड कलेजका ६२१ जना विद्यार्थी दीक्षित भएका छन् ।

सोमबार होटल याक एन्ड यतीमा आयोजित वार्षिक दीक्षान्त समारोहमा ४२८ जना स्नातक र १९३ जना स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।

यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बीएससी (अनर्स) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ । उनले एपेक्स कलेजमा एमबीए अध्ययनलाई निरन्तरता दिनेछन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि उनले प्राप्त गर्नेछन् ।

कार्यक्रममा इनोभेट नेपाल ग्रुपका संस्थापक सुलभ बुढाथोकीले हेराल्ड कलेजमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताए ।

उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्याथी सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको बताए ।

हेराल्ड कलेज काठमाडौंको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयकी एन्जेला स्पेन्सले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल हेराल्ड कलेज काठमाडौका टिमलाई धन्यवाद दिइन् । विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको प्रति उनले खुसी व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?