+
+

स्वदेशी सिमेन्टको भाउ बढेपछि उद्योगमन्त्रीलाई निर्माण व्यवसायीको ज्ञापनपत्र

उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिले शून्य भन्सार दरमा सिमेन्ट आयात खुला गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १३:४०

२५ मंसिर, काठमाडौं । स्वदेशी सिमेन्ट उत्पादकले मिलेमतोमा भाउ बढाएसँगै भारतबाट शून्य भन्सार दरमा सिमेन्ट आयातको व्यवस्था मिलाउन सरकारसँग निर्माण व्यवसायीले माग गरेका छन् ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिले शून्य भन्सार दरमा सिमेन्ट आयात खुला गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

निर्माण व्यवसायीले अत्यधिक मूल्य वृद्धिका कारण निर्माण क्षेत्रमा परेको असरबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

राज्यले व्यवसायीको अर्बौं रकम भुक्तानी गर्न नसकेको स्थितिमा भएको मूल्यवृद्धि खारेज हुनुपर्ने समेत उनीहरूको माग छ ।

मूल्यवृद्धि खारेज गर्न नसके निर्माणाधीन आयोजनाको पुनर्मूल्यांकन गरी सार्वजनिक खरिद ऐन अनुसार मूल्य समायोजन गर्नुपर्ने माग समेत व्यवसायीको छ ।

सिमेन्ट उद्योगीहरूले बोरामै २ सय रुपैयाँसम्म सिमेन्टको भाउ बढाएसँगै निर्माण व्यवसासीले मूल्यवृद्धिको विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?