+
+
कानुन व्यवसायीहरूको पोखरा भेला :

‘बार अध्यक्ष विरुद्धको अवहेलना मुद्दा खारेज हुनुपर्छ’

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्‍ले बार अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वोच्च अदालतमा चलिरहेको अवेहलनासम्बन्धी मुद्दा तत्काल खारेज गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १४:४७

२५ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्‍ले बार अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वोच्च अदालतमा चलिरहेको अवेहलनासम्बन्धी मुद्दा तत्काल खारेज गर्न माग गरेको छ ।

पोखरामा सम्पन्न नेपाल बार एसोसिएसनको ५० औं केन्द्रीय कार्यकारिणी परिषद्‍ले उक्त मुद्दा खारेज गरी बार–बेञ्च सम्बन्ध सुमधुर बनाउनुपर्ने माग गरेको हो ।

बारले जारी गरेको पोखरा घोषणापत्रमा भनिएको छ, ‘नेबाए अध्यक्ष विरुद्धमा अदालतको अवहेलना मुद्दा दर्ता गराई विचाराधीन रहेको मुद्दालाई यथाशीघ्र खारेज गरी बार बेञ्चको सम्बन्धलाई थप सुमधुर बनाउन जोडदार माग गर्ने निर्णय गरियो ।’

हेर्नुहोस् बारको पोखरा घोषणापत्र :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?