+

इलाम गोल्डकप : मच्छिन्द्रलाई हराउँदै रेडस्टार झापा सेमिफाइनलमा

२०८१ मंसिर  २५ गते १९:३३ २०८१ मंसिर २५ गते १९:३३
इलाम गोल्डकप : मच्छिन्द्रलाई हराउँदै रेडस्टार झापा सेमिफाइनलमा

२५ मंसिर, इलाम । संघर्षपूर्ण जित निकाल्दै रेडस्टार झापा इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको बलियो दाबेदार मानिएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ को जित निकाल्दै रेडस्टारले सेमिफाइनको यात्रा तय गरेको हो ।

रेडस्टारका आदित्य शाक्यले ३५ औं मिनेटमा गोल गर्दा मच्छिन्द्रको लागि देवेन्द्र तामाङले ६५ औं मिनेटमा बराबरीका लागि गोल गरेका थिए । रेडस्टारमा निराजन कार्कीले ८१ औं मिनेटमा निर्णायक गोल गरे ।

भोलि बुधबारबाट सेमिफाइनलका खेलहरू सुरु हुनेछन् । बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक रेडहर्ष फूटबल क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ भने बिहीबार हुने अन्तिम सेमिफाइनलमा रेडस्टार झापा र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र भारतका आठवटा फूटबल क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले दशलाख र उपबिजेताले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ ।

इलाम गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय