+

शरीर स्वस्थ रहेको देखाउने ७ संकेत

सही समयमा भोक लाग्नु

खाना खाएपछि नियमित एउटै समयमा भोक लाग्छ भने त्यो स्वस्थ भएको एउटा संकेत हो । यसले पाचन प्रणाली चुस्त छ भन्ने दर्शाउँछ ।

सहज रुपमा शौच हुनु

नियमित एउटै समयतालिकामा दिसा लाग्नु, कब्जियत नदेखिनु, पखाला नलाग्नु स्वस्थ रहेको अर्को संकेत हो ।

Advertisement

बिहान उठ्नासाथ ताजगी महसुस हुनु

समयमा खाना खाने, निद्रा लाग्ने भएमा बिहान उठ्दा पनि ताजगी महसुस हुन्छ । बिहान अल्छी नगरी जुरुक्क उठ्न मन लाग्छ र दैनिक दिनचर्यामा लागिहाल्न मन लाग्छ भने शरीर स्वस्थ छ भन्ने देखाउँछ ।

सुत्नासाथ निद्रा लाग्नु, मस्त निदाउनु

दैनिक ६–७ घण्टा मस्तले निदाउनुहुन्छ, बेलाबेलामा ब्युँझिरहनुहुन्न भने स्वस्थ हुनुहुन्छ भन्ने संकेत हो ।

झर्को नलाग्नु, अनावश्यक रिस नउठ्नु

सानो कुरामा रिस उठ्दैन, अल्छी लाग्दैन, काम गर्न जाँगर चल्छ, भने यो सकारात्मक हो ।

उफ्रिन, दौडिन जाँगर चल्नु

जहिले पनि जे पनि गर्छु, गर्न सक्छु भन्ने मनमा लाग्छ भने तपाईं स्वस्थ हुनुहुन्छ । व्यायाम, योगजस्ता कुरा मन लगाएर गर्नुहुन्छ भने शरीर स्वस्थ रहेको संकेत हो ।

मोटोपन नहुनु

उमेरअनुसार र शरीरको ढाँचाअनुसार तौल हुनुलाई पनि स्वस्थ नै मानिन्छ ।