
काठमाडौं । ऋषि लामिछानेले निर्देशन गर्न लागेको फिल्म ‘माग्ने राजा’को शीर्ष अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । केही दिनअघि निर्मातासँग उनको लिखित समझदारी भएको छ ।
वर्षाले अनलाइनखबरसँग फिल्ममा अनुबन्धित भएको पुष्टि गरिन् । ‘एकदमै रमाइलो रोल छ’ उनले भनिन् । यसअघि यो फिल्ममा केदार घिमिरे अनुबन्धित भैसकेका छन् । ‘छक्कापञ्जा ५’पछि केदार घिमिरे र वर्षाले सहकार्य लागेका हुन् ।
अन्य कलाकारको कास्टिङ चलिरहेको छ । फिल्मलाई मधुसुधन शर्मा (मुनाल घिमिरे)ले निर्माण गर्दैछन् ।
‘किस्मत २’ निर्देशनको ८ वर्षपछि लामिछाने निर्देशनमा फर्किन लागेका हुन् । यसअघि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण गरेका मुनाल घिमिरेको यो कमब्याक प्रोजेक्ट हुनेछ । संयोगवश, निर्देशक लामिछाने र निर्माता घिमिरेले ८ वर्षपछि यही फिल्मबाट पुनरागमन गर्दैछन् ।
सामाजिक कथावस्तुसहितको कमेडी शैलीमा फिल्म बनाउन लागिएको जनाइएको छ । फागुनदेखि छायांकन सुरु हुने फिल्मलाई आरम्भ प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो । पटकथा सामीप्य तिमल्सेनाले लेखेका छन् ।
प्रतिक्रिया 4