+
+

‘एक्टिङ स्टार’को जुरीमा नीर शाह, अनुप बराल र ऋचा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १४:२४

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । जुरीमा पाका निर्देशक तथा अभिनेता नीर शाह, अभिनेता अनुप बराल र अभिनेत्री ऋचा शर्मा छन् ।

डिजिटल अडिसनमा हजारभन्दा धेरैले सहभागिता जनाएको निर्माता कम्पनी महक मिडिया नेटवर्कले जनाएको छ । अडिसनमा छनोट भएकालाई उनीहरु भएकै स्थानमा पुगेर प्रमाणपत्र प्रदान गरिने भएको छ ।

बाल, युवा र वृद्ध कलाकारले समेत अडिसनमा सहभागिता जनाएको बताइएको छ । अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको निर्देशक विशाल भण्डारीले बताए । एपीवान टिभीले यो कार्यक्रम प्रसारण गर्नेछ ।

गायन, नृत्य र कमेडीका रियालिटी शोलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?