+

आँखाबाट आँसु किन बग्छ ?

आँसु के हो ?

आँसुमा ९८ प्रतिशत पानी, २ प्रतिशतमा नुन, तेल, केही भिटामिन र करिब २०० प्रोटिन हुन्छन् । यी तत्त्वहरूले आँखाको कोषिकाहरुलाई पोषण दिन्छ ।

आँसु कहाँबाट आउँछ ?

आँखामा आँसु टियर ग्रन्थी लैक्रिमल ग्रन्थीद्वारा उत्पादन हुन्छ । आँखाको माथिल्लो र तल्लो तहको कुनामा रहेको माइक्रोस्कोपिक प्वालबाट आँसु बाहिर निस्कन्छ र टियर डक्ट हुँदै नाक र घाँटीमा आउँछ ।

Advertisement

आँसुको काम

आँसुले वातावरणमा रहेको बाह्य धुलो कण, भाइरस र ब्याक्टेरियाबाट जोगाउँछ । प्रत्येक चोटि आँखा झिम्क्याउँदा यसले आँखालाई लुब्रिकेट गरेर सफा राख्छ । आँसुको पानीले आँखालाई हाइड्रेटेड राख्छ ।

भावनात्मक आँसु

मी दु:खी हुँदा वा कहिलेकाहीं अत्यन्तै खुसी हुँदा यी हाम्रो आँखामा आउँछन् । भावनात्मक आँसुबाट सान्त्वना मिल्छ । यसमा केही हर्मोन र प्रोटिनहरू हुन्छन्,

निद्रा र आँसु

मानिस सुतेपछि आँसुको रूप बदलिन्छ । यस अवधिमा आँसुमा प्रोटिन कम हुन्छ तर एन्टिबडी बढी हुन्छ । यसले गर्दा सङ्क्रमणबाट बचाउने कोषिकाहरु आँखाभित्र पस्छन् ।