+
+

बीमा प्राधिकरण अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते २०:०२

२७ मंसिर, काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई जिम्मेवारी दिएको छ ।

दाहालले अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको अध्यक्षका रूपमा काम गर्नेछन् ।

अर्थ मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका सहसचिव दाहाल बीमा प्राधिकरण अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?