+
+

दुबई पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १४:४६

२८ मंसिर, काठमाडौं । आकर्षक तलबमा दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका -६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । उनलाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?