+

एनपीएलमा एकै बलमा १५ रन

२०८१ मंसिर  २८ गते १५:२८ २०८१ मंसिर २८ गते १५:२८
एनपीएलमा एकै बलमा १५ रन

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज भइरहेको विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको छ । विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाउन सहयोग गरे । एनपीएलमा यो अनौंठौ कीर्तिमान हो ।

एक बलमा कसरी बन्छ १५ रन ? कसरी सम्भव भयो १ बलमा १५ रन ?

नझुक्किनुस् है, यो एक ओभरमा बनेको हैन, एकै बलमा बनेको हो । चितवन राइनोजका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगरले एकै बलमा १५ रन जोडेको हो ।

खेलको ११औं ओभरमा बलिङ गर्न आएका राउटेलालले सुरुआती तीन बल किफायती गरेका थिए । उनले पहिलो बलमा मार्टिन गप्टिललाई एक रन दिए । दोस्रो बलमा बसिर अहमदलाई कुनै रन दिएनन् । तेस्रो बलमा बसिरले एक रन जोडेर गप्टिललाई स्ट्राइक दिए । चौथो बलमा गप्टिलले राउटेलालाई छक्का हाने । पाँचौ बलमा गप्टिलले सिंगल लिए । पाँच बलसम्म विराटनगरले जम्मा ९ रन जोडेको थियो ।

तर त्यसपछि अन्तिम बलमा जे भयो त्यो इतिहास बन्यो । अन्तिम बलमा ‘ड्रामाटिक लास्ट बल’ भने जस्तै ।

राउटेलाको बलमा बसिरले छक्का हाने । उक्त बल ‘नो बल’ भयो । राउटेलाले फेरि बलिङ गर्नुपर्‍यो । त्यसमा बसिरले २ रन जोडे  तर फेरि ‘नो बल’ भयो । ‘नो बल’ हुँदा कुल ३ रन आयो । राउटेलाले फेरि बल फाल्नुपर्‍यो । त्यो बल पनि ‘वाइड’ भयो तर बसिरले कुने रन लिएनन् । वाइड हुँदा त्यसमा १ रन आयो ।

२ पटक ‘नो बल’ र एक वाइड फालेपछि बल्ल चौथो प्रयासमा राउटेलाले लेगल डेलिभरी गरे  । त्यसमा बसिरले चौका हान्दिए । यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्नपुर्‍यो र त्यसैको फाइदा उठाएर विराटनगरले एकै बलमा १५ रन जोड्यो ।

राउटेलाले खेलमा एकै ओभर बलिङ गरे । त्यसमा महंगा सावित भए । त्यमसा पनि एकै बलमा ११ रन अतिरिक्तको रुपमा दिए । उनले एक ओभरमा कूल २२ रन खर्चेका थिए ।

यसअघि एनपीएलमा एकै बलमा बनेको धेरै रन ११ थियो । जनकपुर बोल्ट्सले विराटनगर किंग्स विरुद्धको उद्घाटन खेलमै एकै बलमा ११ रन जोडेको थियो । बसिरले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ४ चौका र ४ छक्का मदतमा अविजित ६८ रन बनाएपछि विराटनगरले चितवनलाई १८२ रनको लक्ष्य दिएको छ ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले पहिलो बलमै ११ रन जोडेको हो ।

विराटनगरका क्रिस सोल बलिङमा थिए । जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा हुँदा पहिलो बल वाइड चौका भयो र जनकपुरले ५ रन जोड्यो । यस्तै त्यसपछि पनि सोलले वाइड बल फाल्दा विराटनगरले एक रन पायो । पहिलो बलको लेगल डेलीभरीमा ओभर थ्रो हुँदा जनकपुरले थप ५ रन जोड्दै ११ रन जोडेको हो ।

विश्व क्रिकेटमा पनि नो बल हुँदा एकै बलमा धेरै रन बनेको धेरै उदाहरणहरु छन् ।

अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मा एकै बलमा १६ रन बनेको उदाहरण समेत छ । सिड्नी सिक्सर्सले होबार्ट हुरिकेन्स विरुद्ध एकै बलमा १६ रन जोडेको थियो ।

एनपीएल नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय