+
+

विपिन र उपासनाले घोराहीबाट थाले ‘कर्मा’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १७:३१

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले शुक्रबारदेखि दाङको घोराहीबाट आगामी एक्सन फिल्म ‘कर्मा’को छायांकन गरेका छन् । दाङमा ४० दिन र रुकुममा ६ दिन छायांकन तालिका छ ।

विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवले शुक्रबारदेखि छायांकन थालेका छन् । निर्देशक सौरभले यो फिल्मलाई एक्सन फिल्मको हिस्सा भएको बताएका छन् । यसअघि सार्वजनिक टिजर पोस्टरमा युद्ध लड्न हिंडेका सिपाहीको पनि कथा हुने संकेत गरिएको थियो ।

जसअनुसार फिल्मको सेटिङमा दशक लामो सशस्त्र द्वन्द्वको परिवेश पनि चित्रण हुनसक्ने अनुमान छ । ‘यो फिल्म एक्सन मात्रै होइन, एक्सन फिल्मको हिस्सा हो’ घोराहीबाट अनलाइनखबरसँग उनले भने ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा वसन्त लम्सालले लगानी गरेका छन् । ‘लभ डायरिज’ र गत वर्ष प्रदर्शनमा आएको ‘अगस्त्य’पछि उनको यो तेस्रो निर्देशकीय फिचर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?