
२८ मंसिर, हुम्ला। खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताएका छन् ।
आज हुम्लाको सिमिकोट खानेपानी आयोजना अनुगमन तथा निरीक्षण गरे पश्चात मन्त्री यादवले हुम्ला जिल्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्न लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा १७ वटा आयोजनाहरु कार्यान्वयन भइरहेका बताए ।
उनले भने, ‘म खानेपानीका विषयमा नागरिलाई परेका दु:ख र त्यसको समाधान गर्ने उदेश्यले दुर्गम जिल्लामा अनुगमनका लागि दौडिरहेको छु । आज हुम्ला आइपुगेको छु । यहाँका नागरिकका पानीका समस्या समाधानका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको छु।’
जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेका कारण नागरिकलाई खानेपानीको समस्या भइरहेकाले त्यसको दीर्घकालिन समस्या समाधानका लागि गृह कार्य भइरहेको जानकारी दिए । उनले भने, ‘जलवायु परिर्वतनले पानीका मुहान सुक्दै गएका छन् । यो निकै दु:ख कुरो हो । पानीको समस्या समाधानका लागि दीर्घकालिन समस्या समाधानको बाटो खाज्दै छु।’
सोही क्रममा मन्त्री यादवले आफु मन्त्री पदमा रहे नरहेपनि नेपाली नागरिकका सुख दु:खमा हर हमेसा साथ दिइरहेको प्रतिद्धता जनाए । उनले भने, ‘म मन्त्री पदमा रहुँ वा नरहुँ मेरो साथ सहयोग सधै नेपाली नागरिक प्रति समर्पित रहने छ । म जती दिन, जती समय मन्त्री पदमा बस्छु दुर्गम क्षेत्रमा बसोबास गर्ने नेपाली जनताकै पक्षमा काम गर्छु।’
मन्त्री यादवले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वषर्मा सरकारले महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरु अगाडि सारेको जानकारी दिए ।
उनले भने, ‘खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयबाट महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका योजनाहरु अगाडि सारेको छु । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ।’
हुम्लामा सञ्चालनमा रहेका योजनाहरुमा कुल रु आठ दशमलब ५ करोड बजेट विनियोजन गरिएको मन्त्रालयका सचिव ई प्रमिलादेशी शाक्य बज्राचार्यले बताइन् ।
हुम्लामा सञ्चालनमा रहेका खानेपानीका आयोजना अरुको स्थलगत अनुगमनका लागि मन्त्री सदरमुकाम सिमिकोट पुक्ष्ग्नु भएपछि यहाँका नागरिकले मन्त्री यादवलाई भव्य स्वागत समेत गरेका थिए ।
प्रतिक्रिया 4