+

पोखराले काठमान्डुलाई दियो १३९ रनको लक्ष्य

२०८१ मंसिर  २९ गते १०:४७ २०८१ मंसिर २९ गते १०:४७
पोखराले काठमान्डुलाई दियो १३९ रनको लक्ष्य

२९ मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो ।

पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोडेका थिए । तर, त्यही ओभरको अन्तिम बलमा आउट भए ।

यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए ।

बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिद खानले ३-३ विकेट लिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए ।

जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान एक विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए ।

पोखराले अन्तिम दुई ओभरमा २६ रन जोडेको थियो । रेइफरले अन्तिम ओभरमा तीन बाउण्ड्रीसहित एक्लै १७ रन जोडे ।

एनपीएल काठमान्डु गुर्खाज नेपाल प्रिमियर लिग पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय