+
+

कुशल मल्लको अर्धशतकमा चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १४:३२

२९ मंसिर, काठमाडौं । कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले  कुशलको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो ।

मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । रवि बोपाराले ४४ र हसन इसाखिलले २८ रन जोडे ।

बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए । अन्य बलरहरु महँगा बन्दा ललितले किफायती बलिङ गर्दै ४ ओभरमा २ ओभर मेडन राखेर जम्मा ११ रन खर्चिए । उनले आफ्नो सुरुको दुई ओभर नै मेडन राखेका थिए । चार ओभर स्पेलमा जम्मा एक चौका खर्चेका थिए ।

विस्फोटक ब्याटिङ गरेका कुशल मल्लले रवि बोपारासँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि एनपीएलमा भएको यो दोस्रो शतकीय साझेदारी हो भने चौथो विकेटका लागि उच्च साझेदारी हो । यसअघि लुम्बिनीका रोहित पौडेल र टम मुर्सले पोखरा एभेन्जर्सविरुद्ध चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।

एनपीएल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?