+

जाइफल किन खाने ?

के कस्ता तत्व पाइन्छ ?

एन्टिअक्सिडेन्ट, एन्टिडायबेटिक, एन्टिहाइपरलिटी, एन्टि-इन्फाल्मेटरी र एनालजेसिक, माइलिस्टिसिन, ट्राइमाइ युजामोल रसायनिक तत्त्व पाइन्छ । भिटामिन सी, बी, बी १२, सोडियम, पोटासियम, आइरन, म्यागनेसियम र खनिज पनि प्रचुर मात्रामा पाइन्छ ।

जाइफल किन खाने त ?

Advertisement

मस्तिष्कका लागि

जाइफलले थकान र तनाव कम गर्ने गरी मस्तिष्कलाई आराम दिन्छ । यसले एकाग्रता पनि बढाउँछ ।

दुखाइ निवारक

जाइफल दुखाइ कम गर्न प्रयोग गर्न सकिन्छ ।जाइफलको तेल जोर्नी दुखाइ, मांसपेशी दुखाइ र बाथरोगमा राहत पाउन उत्कृष्ट मानिन्छ ।

अपच

पखाला, कब्जियत र बान्ताको समस्या जाइफल खानु लाभदायक मानिन्छ । पेट फुल्ने समस्याबाट छुटकारा पाउन पनि जाइफलको प्रयोग गरिन्छ । यसले पेटको जुका मार्न एन्टिएलर्जीको रूपमा काम गर्छ ।

सासको दुर्गन्ध हटाउन

जाइफललाई धुलोको रूपमा प्रयोग गरेर सासको दुर्गन्ध हटाउन सकिन्छ । यसमा हुने एन्टिब्याक्टेरियल गुणले मुखमा हुने कीटाणुलाई नष्ट गर्छ ।

कलेजो र मिर्गौला सफा राख्न

जाइफलले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ । विषाक्त पदार्थ बाहिर निकाल्ने बित्तिकै यसले कलेजो र मिर्गौला स्वास्थ्यमा सुधार आउँछ ।

रुघाखोकी, दम तथा पिनास

यसमा एन्टिएलर्जी गुण हुने भएकाले खोकी, दम पिनासको समस्यामा राहत दिन्छ । साथै, यसलाई पानीमा मिसाएर खाँदा जमेको खकार तथा सिंगान निकाल्छ ।