
काठमाडौं । आँचल शर्मा, साम्राज्ञी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायतका सेलिब्रेटी एउटै फेसन शोमा प्रस्तुत भएका छन् ।
शनिबार होटल याक एण्ड यतीमा आयोजित ‘ग्ल्याम नेपाल इन्टरनेसनल २०२४’ मा यी कलाकारले एकसाथ र्याम्प नापे । उनीहरुसहित शोमा ३० महिला तथा पुरुष मोडलले आकर्षक पहिरन प्रस्तुत गरे ।
प्रारम्भ प्रोडक्सनले आयोजना गरेको शोमा विभिन्न ९ सिक्वेलमा स्वयं गुरुङ, सेन्स अफ क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नस् कलेक्सन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनरका कलेक्सन प्रस्तुत गरियो ।
यो फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेसनल’को यो चौथो सिजन हो । नयाँ र आकर्षक पहिरनको बारेमा फेसनप्रेमीलाई जानकारी दिने र डिजाइनरलाई प्रोत्साहित गर्ने उद्देश्यले शो आयोजना गरिएको प्रारम्भ प्रोडक्सनले जनाएको छ ।
तस्वीरहरु
प्रतिक्रिया 4