+
+

कञ्चनपुरमा ११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १६:२०

धनगढी । कञ्चनपुरबाट ११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले भीमदत्त नगरपालिका–४ बजारबाट ११ दशमलव ८३ मिलीग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तराखण्डको उधमसिंहनगर खटिमा बस्ने सलमान शाह र प्रभजोत सिंह खिडा रहेको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्त्रान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?