+
+

संस्कृतिको जगेर्ना गर्न फुटेर होइन, जुटेर अघि बढौं : उपप्रमुख डंगोल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १६:५५

३० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘हामीले देशलाई आर्थिक रुपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना एकजुट भएर लाग्नुपर्छ,’ उनले भनिन् ।

उनले देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताइन् । ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

‘ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातीका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण भूमिका छ । यी सबै पर्वलाई हामीले एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?