+

बार्सिलोना लेगानेससँग स्तब्ध

२०८१ पुष  १ गते ८:३० २०८१ पुष १ गते ८:३०
बार्सिलोना लेगानेससँग स्तब्ध

१ पुष, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानमै लेगानेससँग स्तब्ध भएको छ । गएराती भएको खेलमा लेगानेसले बार्सिलोनालाई १-० ले पराजित गरेको हो ।

खेलको चौथो मिनेटमै सर्जियो गोन्जालेजले गोल गर्दै लेगानेसलाई अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा लेगानेसले ३ अंक जोड्यो ।

हारपछि बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा गोल अन्तरमा मात्र अघि छ  ।दुवै टिमको समान ३८ अंक छ । तर एट्लेटिकोले एक खेल कम खेलेको छ ।

आइतबार चाँडै भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफेलाई १-० ले हराएर बार्सिलोनासँग अंक बराबरी गरेको थियो ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय