
थाइराइडको जाँच
अनियन्त्रित थाइराइडले तौल बढ्ने, कपाल झर्ने र गर्भपतन समेत गराउने हुँदा थाइराइडको परीक्षण गराउनु पर्छ ।

मधुमेह
मधुमेह उच्च भएमा बच्चा असामान्य जन्मिनेदेखि मुटु र नसामा पनि असर गर्ने र श्वासप्रश्वासको समस्या देखिने जस्ता जोखिम हुन्छन् । त्यसैले, मधुमेहको परीक्षण आवश्यक छ ।

भाइरल संक्रमण
गर्भावस्थाअघि र गर्भावस्थामा सबै महिलालाई हेपाटाइटिस बी, हेपाटाइटिस सी र एचआईभी परीक्षण गराउन सिफारिस गरिन्छ । यी संक्रमण भए गर्भवती महिला र बच्चा दुवैको स्वास्थ्यमा जटिलता ल्याउन सक्छ ।

बीएमआई जाँच
अत्यधिक मोटोपन र कम तौल हुँदा गर्भधारण गर्दा बच्चामा समस्या आउन सक्छ । त्यसैले, महिलाको औसत तौल मापन गरिन्छ ।

मूत्र परीक्षण
गर्भावस्थाअघिको जाँचमा पिसाबको जाँच गरी पिसाब नलीको संक्रमण अर्थात् मिर्गौला सम्बन्धी समस्या पत्ता लगाइन्छ ।

उच्च रक्तचाप
महिलामा उच्च रक्तचाप छ र समयमा पहिचान भएन भने गर्भावस्थामा समस्या आउन सक्छ । रक्तचाप बढेर बच्चाको ज्यान समेत जाने जोखिम हुन्छ । त्यसैले, अनिवार्य रक्तचाप परीक्षण जरुरी छ ।