+
+

पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखियो (तस्वीरहरू)

काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८१ पुष १ गते १३:१८

१ पुस, काठमाडौं। काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको हो ।

उनको पार्थिव शरीरमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएका छन् । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि सानेपा पुगेर पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । 

पार्टी मुख्यालय सानेपामा कांग्रेसका नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, सृजना सिंह, ललितपुरका महानगरका मेयर चिरीबाबु महर्जनलगायत अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भएका छन् ।

त्यसअघि बिहान ११ बजेसम्म ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । पीएल सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको थियो ।

गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए ।

पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने उनी निकट स्रोतले जनाएको छ ।

पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरु छन् ।

हेर्नुहोस् तस्वीरहरू : 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?