+
+

शोभा पाठक प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १४:३८

१ पुस, काठमाडौं । धादिङकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको जानकारी दिए ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन् ।

यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?