+
+

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : पुन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १५:४८

१ पुस, म्याग्दी (बेनी) । नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने दाबी गरेका छन् ।

पार्टीले सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्ने क्रममा उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताए ।

‘मुलुकमा वर्तमान व्यवस्थाप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ, कतिपयले राजतन्त्र ठीक पनि भन्ने गरेका छन्,’ उनले भने, ‘तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादी नीति, कार्यक्रममार्फत जनतालाई सुविधा दिनेतर्फ अग्रसर हुुन जरुरी छ ।’

मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ता सञ्चालनमा स्थायित्व नहुँदा जनताले चाहे जस्तो विकास र समृद्धि हासिल हुन नसकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?