+
+

इसेवा महाउत्सव उपहार योजना : रवि बम्जनले जिते नामी कार

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १८:५६

काठमाडौं । इसेवाले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको इसेवा महाउत्सव बम्पर उपहार योजनाको विजेता घोषणा गरेको छ ।

लक्की ड्र मार्फत मकवानपुरका रवि बम्जन विजेता घोषित भएका छन् । विजेता बन्दै उनले नामीको इलेक्ट्रिक कार जितेका छन् ।

ललितपुरको पुल्चोकस्थित एलिस कन्फरेन्समा सोमबार औपचारिक कार्यक्रम आयोजना गरी बम्पर उपहार विजेता घोषणा गरिएको हो ।

फेसबुक लाइभ मार्फत विजेता घोषणा गरिएको कार्यक्रममा इसेवाका ब्रान्ड प्रवर्द्धक नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, हास्यकलाकार सुमन कार्की लगायतको उपस्थिति रहेको थियो ।

यो योजना १ असोजदेखि ३० कात्तिक २०८१ सम्म सञ्चालन भएको थियो ।

यस महाउत्सवमा दैनिक फ्ल्यास सेल, रिल प्रतियोगितादेखि ६५ इन्चको टीभी, आइफोन १६, आइफोन १६ प्रो जस्ता मेगा उपहारका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?