+
+

जुवातास खेलेको आरोपमा १७ जना पक्राउ

डेढ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १२:४०

२ पुस, काठमाडौं । डेढ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध जुवातास खेल्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?