+
+

कफी विकास बोर्ड कार्यकारी निर्देशकमा ७ उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १५:३५

२ पुस,काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सात उम्मेदवार सिफारिस भएका छन् ।

कार्यकारी निर्देशक नियुक्त गर्न गठित कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिस समितिले सात जना सिफारिस गरेको हो ।

समितिको १९ असारमा भएको निर्णय अनुसार बोर्डमा रिक्त कार्यकारी निर्देशकमा नियुक्तिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना मागिएको थियो ।

१ पुसमा बसेको सिफारिस समिति बैठकले कार्यकारी निर्देशक उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता मिति तोकेको छ ।

समितिको सिफारिस अनुसार ८ पुसमा गौरव लुइँटेल, नवराज सापकोटा, फाइन्द्रराज पाण्डे र मनोज बस्नेतको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता कृषि मन्त्रालयमा हुनेछ ।

त्यस्तै ९ पुसमा राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र डा. विष्णुप्रसाद भट्टराईको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

तीमध्ये उत्कृष्ट एक जनालाई कृषि मन्त्रालयले बोर्ड कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?