+
+

सुदूरपश्चिम प्रदेशको विपद् रोकथाम गर्न नीति निर्माणबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १६:४२

२ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको विपद् रोकथामबारे नीति निर्माण गर्ने विषयमा छलफल गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा रेष्टलेस डेभलपमेन्ट नामक गैरसरकारी संस्थाको संयोजनमा मंगलबार धनगढीमा विपद् रोकथामका निम्ति नीति संवाद कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिममा पहिरोजन्य विपद्को जोखिमबारे छलफल गरिएको थियो । रेष्टलेस डेभलपमेन्टका तर्फबाट करुणा थापाले अनुसन्धानको क्रममा प्राप्त भएका तथ्यांकहरू प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा, अछाम र बझाङका केही भागमा यो वर्ष अत्यधिक पहिरो गएको जानकारी दिएकी छन् ।

अनुसन्धानका क्रममा डोटीमा पहिरोको बढी जोखिम रहेको बताउँदै नियन्त्रणका लागि प्रदेश सरकारले योजना बनाएर बजेट विनियोजन गर्नुपर्नेमा थापाको जोड थियो । अनुसन्धानले यो वर्ष मात्र सुदूरपश्चिम प्रदेशका चार सय १५ ठाउँमा पहिरो गएको देखाएको छ भने दुई जनाको मृत्यु भएको छ ।

ट्याग मि एप्समार्फत् गरिएको उक्त अनुसन्धानको तथ्यांकहरू विश्लेषण गर्दै वर्तमानमा पहिरो गइरहेको स्थान, विगतमा पहिरो गएको स्थान र भविष्यमा पहिरो जान सक्ने स्थानहरू पहिचान गर्न सकिने र भविष्यमा पहिरो जान सक्ने स्थानहरूको प्रमाणहरूको आधारमा नीति तथा बजेटमा योजना बनाउन सकिने उनको भनाइ थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालको अध्यक्षमा भएको संवाद कार्यक्रममा प्रदेश सरकारका विषयगत मन्त्रालयका विपद् हेर्ने प्रतिनिधी, धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय कैलाली, नेपाली सेना देवीदल गण कैलाली, स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?