+
+

उपत्यका विकास प्राधिकरण अधिकृत कार्कीले पाए सफाइ

गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत यामकुमार कार्कीलाई विशेष अदालतले सफाइ दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १७:४१

२ पुस, काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत यामकुमार कार्कीलाई विशेष अदालतले सफाइ दिएको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले तीन करोड २१ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लागेका कार्कीलाई आरोपबाट सफाइ दिएको हो ।

तीन करोड ७७ लाख रुपैयाँ वैध आर्जन गरेका उनले ६ करोड ९८ लाख रुपैयाँ जोडेको भेटिएको भन्दै अख्तियारले उनीविरुद्ध ८ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनीसँगै पत्नी देवका अधिकारी र छोरी गृष्मा कार्कीलाई पनि सफाइ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?