+
+

सप्तरीबाट ४ महिलासहित २१ जना फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १९:१८

२ पुस,सप्तरी। प्रहरीले ४ जना महिलासहित २१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार १७ पुरुष र चार महिलासहित २१ जना फरार अभियुक्त पक्राउ गरेको हो।

पुस १ र २ गरी दुई दिनभित्र जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयवाट खटिईएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका २१ जना फरार अभियुक्तलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

एसपी खतिवडाका अनुसार पक्राउ परेका उनीहरुको साथबाट २ वर्ष १ महिना कैद सजाय र ६० हजार ७ सय २५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।

पक्राउ परेकामध्ये सबैभन्दा बढी डाका र कुटपिट मुद्दाका चार-चार जना छन् भने गाली बेइज्जत र कुटपिटका तीन, तथा कुटपिट र लुटपिट र चौपाया चोरी कसुरका दुई-दुई जना छन्।

यस्तै अपराधिक उपद्रव, कुटपिट अंगभंग, मुद्दा सम्बन्धि, चेक अनादार र गर्भपतन मुद्दाका एक एक जना छन् । पक्राउ परेका मध्ये कुटपिटमा एक तथा गाली बेइज्जत र कुटपिट अंगभंगका ३ गरी ४ जना महिला रहेको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको हालसम्ममा १ सय ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?