+

जापानी ओलम्पियन काजुमीसँग भलिबलको भेटघाट

२०८१ पुष  २ गते २३:४२ २०८१ पुष २ गते २३:४२
जापानी ओलम्पियन काजुमीसँग भलिबलको भेटघाट

काठमाडौं । जापानको राष्ट्रिय भलिबल टिमबाट दुईपल्ट ओलम्पिक खेलेकी काजुमी नाकामुराले नेपाली भलिबलको सम्बन्धमा छलफल गरेकी छन् ।

एनपीओ रियाले वर्ल्डको सहयोगमा नेपाल आएकी काजुमीले सन् १९९२ (बार्सिलोना) र १९९६ (एट्लान्टा) ओलम्पिक खेलेकी छन् । एथेन्स (२००४) र बेइजिङ (२००८) ओलम्पिकमा जापानी टिमको म्यानेजर रहेकी उनले आफ्नो अनुभव बाँड्दै नेपाली भलिबलको अवस्थाबारे जानकारी लिएकी हुन् ।

‘नेपाल राम्रो लाग्यो र यहाँ बालबालिकाले पनि भलिबल खेलेको देख्दा धेरै खुशी लाग्यो,’ काजुमीले भनिन्, ‘खेलमा प्रतिस्पर्धा गर्ने तयारीमा खेलाडीले सबभन्दा पहिला तयारीसँगै अनुशासनमा ध्यान दिनुपर्छ । अनि अभ्यासमा जित्ने इच्छाशक्तिसाथ अनवरत मिहिनेत गर्नुपर्छ, जसले सफलता दिलाउँछ ।’ उनी चारदिने नेपाल यात्रामा न्यू डाइमन्ड स्पोर्टस क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एपीएफ क्लबमा कार्याशालामा पनि सहभागि भइन् ।

उनलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपाली टिमको प्रशिक्षक बन्न पनि आग्रह गरे । भने, ‘काजुमीले चाहन्छिन् भने नेपाली टिमका् प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आग्रह गर्दछु र यसको लागि एसियाली र विश्व भलिबलसँग कुरा गर्नेछु ।’

संघका महासचिव रोशन श्रेष्ठकाअनुसार नेपाली टिम सम्हाल्ने पहिलो बिदेशी प्रशिक्षक नै जापानी हुन् । संघका उपाध्यक्ष युवराज श्रेष्ठले दुई देशवीच भलिबलको सम्बन्धलाई प्रगाढ बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता भएको बताए ।

एनपीओ रियाले वल्र्डकी अध्यक्ष आया मियोसी किजाकीले भनिन्, ‘हामीले नेपाल र अफ्रिकामा सहयोग गरिरहेका छौं । सन्तोष साहुखलसँग प्रभावित भएर नेपालको फुटबलमा सहयोग गरेका हौं । फुटबलपछि अरु खेलमा पनि के गर्ने भनेर हेरिरहेका छौं ।’ थिमिमा सञ्चालन भइरहेको फुटबल एकेडेमीलगायत संस्थाका कामहरूबरे सचिव चिकाको मियामोताले जानकारी गराएकी थिइन् ।

एनपीओ रियाले वर्ल्ड काजुमी नाकामुरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय