+
+

शिक्षा समितिले माग्यो त्रिविको जग्गा हिनामिना समितिको प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १३:३४

३ पुस, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न गर्न गठित समितिको प्रतिवेदन समितिमा उपलब्ध गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो । समिती सदस्य सुमना श्रेष्ठले बुधबारको बैठकमा प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् ।

समितिमा त्रिविको जग्गाको विषयमा निवेदन पनि परेकाले प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइएको सभापति अम्बरबहादुर थापाले बताए ।

‘शिक्षा मन्त्रालयलाई प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिइएको छ,’ सभापति थापाले भने ।

जग्गा खोजबिन समितिले मंगलबार साँझ प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । त्रिविको १ हजार रोपनी जग्गा विभिन्न समयमा बाँडफाँड भएकाले त्यससमयका पदाधिकारीलाई कारबाहीको सिफारिस समितिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?