
३ पुस, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
एचआईडीसीएल सञ्चालक समितिको २६ मंसिरमा बसेको ३०४औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले हुन आउने १ अर्ब २८ करोड ९३ लाख ९० हजार २ सय २ रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।
नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले सरकारको पूर्वस्वीकृति लिएरमात्र लाभांश वितरण गर्ने सक्ने व्यवस्था भएकाले प्रस्तावित नगद लाभांश सरकारको स्वीकृति पछिमात्र वितरण गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीको वार्षिक साधारणसभा २४ पुसमा हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4