+
+

संसदीय समितिमा प्रस्ताव- मुख्य सचिवको कार्यकाल २ र सचिवको ३ वर्ष बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते २०:५८

३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल कम गर्ने प्रस्ताव गरेका छन् ।

संघीय निजामती विधेयकमा यस सम्बन्धी व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘मुख्य सचिवको कार्यकाल २ वर्ष र सचिवको ३ वर्ष बनाऔं,’ सांसद परियारले भने । अहिले जिम्मेवारीमा रहेका केहीलाई कस्तो असर गर्छ भन्ने नहेरी भविष्य हेरेर कानुन बनाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

सचिवको कार्यकाल पाँच वर्ष रहेको तर कर्मचारी कहिले कहाँ सरुवा हुन्छ भन्ने प्रष्ट नहुँदा मन्त्रालय चाहर्दा हैरानी हुने उनले बताए ।

सचिवको सरुवा व्यवस्थित बनाउने र कार्यकाल ३ वर्ष बनाएर ठोस रुपमा काम लिन सक्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?