+
+

सांग्रिला डेभलपमेन्ट बैंकले कति दिँदैछ लाभांश ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १५:०१

३ पुस, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । बैंकले ३.८४ प्रतिशत कुल लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको २ पुसमा बसेको ३५१औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई बोनस सेयर र नगद लाभांश गरी उक्त परिमाण बराबर लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समिति बैठकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजारको ३.६५ प्रतिशतका दरले हुन आउने १२ करोड ५२ लाख ८४ हजार ४ सय १७ रुपैयाँ बराबर बोनस सेयर दिने घोषणा गरेको हो ।

त्यस्तै सोही मुनाफाबाट कर प्रयोजनका लागि ०.१९ प्रतिशतले हुन आउने ६५ लाख ९३ हजार ९ सय १७ रुपैयाँ नगद लाभांश दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?