+
+

निजामती विधेयकको उत्पत्ति नै ठिक ढंगले भएन : सांसद केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १५:३२

३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले निजामती विधेयकको उत्पत्तिमै प्रश्न उठाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विधेयकको मस्यौदा कमजोर भएको टिप्पणी गरे ।

‘यो विधेयक एकदमै कमजोर मस्यौदाको रुपमा आएको छ’ सांसद केसीले भने, ‘यो विधेयकको उत्पत्ति नै ठिक ढंगले भएन ।’

विधेयकलाई बृहत् छलफल गरेर पुनर्लेखनकै तहमा परिमार्जन हुनुपर्ने उनको भनाइ छ । यसका लागि राजनीतिक सहमति पनि खोज्नुपर्ने राय उनले बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दिएका हुन् ।

‘यो विधेयकमा राष्ट्रिय सहमति खोजौं । आ–आफ्ना कुरा मात्रै राख्दै गए वर्षौं लाग्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?