+
+

दाङमा श्रीमान्‌ले गरे श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १६:५६

३ पुस, काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा दाङ प्रहरीले श्रीमान्‌लाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्रबहादुर बुढाथोकी छन् । उनलाई आफ्नै श्रीमती ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको आरोप छ ।

चित्रबहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्ती कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई तुलसीपुर उपमहानगरपालिका–७ स्थित कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?