+
+

सप्तरीमा एक युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १७:५८

३ पुस, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको हो ।

नाम थर ठेगाना खुल्न नसकेको अन्दाजी २७ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?