+
+

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरूलाई चेम्बरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १९:३५

३ पुस, कााठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरूलाई सुझाव दिएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुलाई नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरण मार्फत आर्थिक कुटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

नेपालको दिगो आर्थिक विकास र समुन्नतीका लागि आर्थिक कुटनीति महत्वपुर्ण भएको चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उनले भने ‘वैदेशिक लगानीका लागि प्राकृतिक दृष्टिकोणले नेपालमा प्रचुर सम्भावना रहेको छ, । नेपालले भर्खरै अन्तराष्ट्रिय एजेन्सीबाट सार्वभौम कन्ट्रि रेटिङ प्राप्त गरेको छ, लगानीको दृष्टिकोणले दक्षिण एसियामा भारतपछि दोस्रो बीबी माईनस स्थान प्राप्त भएको छ । यसले विदेशी लगानी भित्र्याउन ठूलो सहयोग पुग्ने भएको छ ।’

नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश विश्व समुदायलाई दिन राजदूतहरु समक्ष अध्यक्ष अग्रवालले गरे । नेपालको जलविद्युत्, पर्यटन, खानी जस्ता क्षेत्रमा लगानीका लागि ठोस पहल हुनुपर्ने उनको भनाइ छ ।

चेम्बर भवनमा आयोजित कार्यक्रममा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा. जंगबहादुर चौहान तथा दक्षिण अफ्रिकाका लागि कपिल मान श्रेष्ठ, यस्तै पोर्चुगलका लागि नवनियुक्त राजदूत प्रकाशमणि पौडेल, श्रीलंकाका लागि डा. पुर्णबहादुर नेपाली, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि नवनियुक्त राजदूत शनिल नेपालका उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?