+

…अनि फाइनल प्रवेश गर्ने पहिलो टोली बन्यो सुदूरपश्चिम (तस्वीरहरू)

२०८१ पुष  ३ गते २०:३५ २०८१ पुष ३ गते २०:३५

। अब सुदूरपश्चिमले भोलि (बिहीबार) हुने दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि भिड्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

…अनि फाइनल प्रवेश गर्ने पहिलो टोली बन्यो सुदूरपश्चिम (तस्वीरहरू)

३ पुस, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ, सुदूरपश्चिम रोयल्स । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो ।

ओपनर विनोद भण्डारीले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गर्‍यो । अब सुदूरपश्चिमले भोलि (बिहीबार) हुने दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि भिड्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

त्यस्तै, बुधबारको क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनलका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ ।

तस्वीरहरूः

एनपीएल सुदूरपश्चिम
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय