+

स्वस्थ र लामो आयु कसरी जिउने ?

ठिक्क खाने

८० प्रतिशत अघाएको महसुस भएपछि खाना नखाने हो भने शरीर स्वस्थ रहन्छ । ठिक्क र सन्तुलित खाने हो भने पाचनमा कुनै भार  पर्दैन । पाचनमा समस्या नपर्नु भनेको समग्र  शरीर स्वस्थ रहनु बराबर हो ।

स्क्रिन टाइम घटाउने

दैनिक २ घन्टाभन्दा कम टिभी हेर्ने मानिसको तुलनामा दैनिक ४ घण्टाभन्दा धेरै टिभी हेर्ने मानिसको मृत्यु छिटो सम्भावना हुने ४६ प्रतिशत बढी हुन्छ । त्यसैले, दिर्घायु बाँच्न स्क्रिन टाइम घटाउनु पर्छ।

Advertisement

चर्को घामबाट बच्ने

चर्को घामबाट बचेमा छालाको क्यान्सरको जोखिम कम मात्रै हुँदैन, छाला चाउरी पर्ने, दाग लाग्ने र झोलिने समस्या पनि उत्पन्न हुँदैन ।

सनस्क्रिन क्रिम लगाउने

सूर्यको विकिरण छालामा बढी पर्दा पनि बुढ्यौलीको लक्षण छिटो देखिन्छ । त्यसैले, दिनको दुईपटक सनस्क्रिन लगाउनै पर्छ।

साथी बनाउने

तनाव र एक्लोपनले पनि अनेकौं स्वास्थ्य समस्या ल्याउन सक्छ । यसबाट छुट्कारा पाउन साथीहरु बनाउने बेलाबखतमा घुलमिल गर्ने गर्नुपर्छ ।

व्यायाममा ध्यान दिने

नियमित व्यायाम गर्नाले स्फुर्ती र जवान भएको महसुस गराउँछ । दिनमा ३० मिनेट मात्रै हिड्ने बानी बसाले मात्र पनि स्वस्थ रहन सकिन्छ ।

धुम्रपान र मदिरा सेवन नगर्ने

धुम्रपान र मदिरा त्यागेमा स्वस्थ रहने मात्रै नभई आयु पनि बढाउन सकिन्छ। यी दुई तत्वले शरीरको सबै अंगलाई हानि मात्र गर्दैन । अकालमै मृत्यु पनि गराउन सक्छ ।