+
+

बेनिशाले सामाजिक सञ्जालबाट ‘विश्राम’ लिइन्

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १२:३५

काठमाडौं । अभिनेत्री बेनिशा हमालले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिने भएकी छन् । केही समयका लागि आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको उनले उल्लेख गरेकी छन् ।

प्रशंसकलाई उनले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएकी छन् । ‘मैले केही समयको लागि सोसल मिडियाबाट ब्रेक लिइरहेको छु । मेरो एकाउन्टलाई अस्थायी रूपमा निष्क्रिय गर्दैछु’ उनले लेखेकी छिन्, ‘यदि तपाईं मसँग सम्पर्क गर्न चाहनुहुन्छ भने मलाई ह्वाट्सएप, इमेल वा मेरो फोन नम्बर मार्फत सम्पर्क गर्न नहिच्किचाउनुहोस् । म चाँडै फर्कनेछु । ख्याल राख्नुहोस् ।’

अनलाइनखबरले बेनिशासँग राखेको जिज्ञासामा आफू एक प्रोजेक्टमा व्यस्त हुन लागेकाले त्यसमा ध्यान केन्द्रित गर्न र सामाजिक सञ्जालको हल्लाबाट आफूलाई शान्त राख्न यो निर्णय लिएको बताइन् । झण्डै १५ दिन आफू सोसल मिडियाबाट टाढा हुने उनले बताइन् ।

‘म एक प्रोजेक्टमा व्यस्त हुँदैछु । यसबारे पछि विस्तृतमा जानकारी दिनेछु’ उनले भनिन्, ‘हामीले मानसिक शान्तिका लागि जसरी विपश्यना गर्छौं, त्यस्तै सोसल मिडियामा पनि यो गर्नु जरुरी छ ।’

बेनिशाले साइन गरेका फिल्महरू ‘कल्ली’ र ‘मोहर’ चाँडै छायांकनमा जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?