
काठमाडौं । चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले विराटनगरमा प्रस्तुति दिने भएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को छेकोमा जनवरी ४ मा उनले प्रस्तुति दिने तय भएको हो ।
विराटनगर सेन्ट्रलले नमस्कार रिजेन्सीमा ‘सुनिल ग्रोवर न्यु इयर ब्यास’ गर्न लागेको हो । पर्दामा डाक्टर गुलाटीको रुपमा चर्चित ग्रोवरले अहिले नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको ‘द ग्रेट इन्डियन कपिल शो’मा प्रस्तुति दिइरहेका छन् ।
सोनी टिभीमा प्रसारण भएको ‘द कपिल शर्मा शो’बाट उनी चर्चामा आएका थिए । उनले त्यसमा रिंकु भाबी र डा. महसुर गुलाटीको भूमिकामा अभिनय गरेका थिए ।
सुनिलको यो तेस्रो नेपाल आगमन हुनेछ । गत महिना उनले काठमाडौंको एभरेस्ट होटल मैदानमा उनले प्रस्तुति दिएका थिए । यसअघि २०७४ सालमा नेपाल आउँदा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । नेपालमा पनि उनको फ्यान क्रेज लोभलाग्दो छ । ग्रोवरको विराटनगरको कार्यक्रमका लागि खल्तीले टिकट बिक्री गरिरहेको छ ।
प्रतिक्रिया 4