+
+

नेसनल लाइफ इन्स्योरेन्सका ४९१ अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १३:५५

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताका लागि तीन दिने चेयरपर्सन कार्यक्रम सञ्चालन गरेको छ ।

काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा सञ्चालित कार्यक्रममा आव २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरण गरिएको छ । साथै उनीहरूलाई प्रशिक्षण समेत प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्तालाई लक्षित गरी सञ्चालन गरिएको यस्तो कार्यक्रमले व्यावसायिक अभिकर्तालाई प्रत्यक्ष लाभ पुगेको बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सहभागी अभिकर्ताहरूलाई सम्पत्ति शुद्धीकरणबारे प्रशिक्षण दिएका थिए ।

कम्पनी चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा देशभरिबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृत्तीय हुने अभिकर्ता र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्तालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?