+

भारत वा पाकिस्तान आयोजक रहँदा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलिने

२०८१ पुष  ४ गते २१:०४ २०८१ पुष ४ गते २१:०४
भारत वा पाकिस्तान आयोजक रहँदा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलिने

४ पुस, काठमाडौं । सन् २०२७ सम्म भारत र पाकिस्तानमा आयोजना हुने आइसीसीका विभिन्न प्रतियोगितामा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलाइने भएको छ । आइसीसीले बिहीबार स्टेटमेन्ट जारी गर्दै यस्तो जनाएको हो ।

आगामी २०२५ फेब्रुअरीमा पाकिस्तानमा हुन लागेको आइसीसी च्याम्पियन्स ट्रफीको बेलादेखि अब यो लागु हुनेछ भने त्यसपछि भारतमा हुने आइसीसी महिला क्रिकेट विश्वकप र सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसीसी टी२० विश्वकपमा पनि यो नियम लागु हुनेछ ।

सन् २०२८ मा फेरि पाकिस्तानमा कुनै आइसीसी प्रतियोगिता गराउने छलफल पनि भइरहेको छ भने त्योबेला पनि यो तटस्थ स्थानको नियम लागु गराइन सक्नेछ ।

आगामी फेब्रुअरी-मार्चमा पाकिस्तानमा हुने आइसीसी च्याम्पियन्स ट्रफी ८ वर्षपछि हुन लागेको हो । सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो ।

च्याम्पिनयन्स ट्रफीमा पाकिस्तान, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानको सहभागिता रहनेछ । तालिका सार्वजनिक हुन बाँकी छ ।

यसअघि सन् २०२३ मा पाकिस्तानम भएको एसीसी एसिया कपमा पनि भारतका खेलहरू श्रीलंकामा खेलिएको थियो ।

आइसीसी च्याम्पियन्स ट्रफी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय