+

यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले टस हारेर ब्याटिङ गर्दै

२०८१ पुष  ५ गते १४:०३ २०८१ पुष ५ गते १४:०३
यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले टस हारेर ब्याटिङ गर्दै

५ पुस, काठमाडौं । मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दे भएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको टसमा बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली समयअनुसारा खेल ११: ४५ बजे हुने भनिए पनि वर्षाका कारण केही ढिला हुन पुगेको हो ।

सुपर ४ को पहिलो खेल पनि वर्षाका कारण खेल रद्द भएपछि श्रीलंकासँग १-१ अंक बाँडेको थियो । आजको खेलमा नेपालले बंगलादेशलाई हराए फाइनल पुग्नेछ।

नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् ।

क्रिकेट यू-१९ महिला एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय