+

वर्षाले प्रभावित खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

२०८१ पुष  ५ गते १४:३५ २०८१ पुष ५ गते १४:३५
वर्षाले प्रभावित खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

५ पुस, काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

वर्षाले प्रभावित खेल ११ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको हो ।

नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् । नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १-१ विकेट लिए ।

फाइनलमा स्थान बनाउनका लागि नेपाललाई जित्नैपर्ने दबाब छ । फेरि वर्षा भएर खेल रद्द भएमा बंगलादेश नै फाइनलमा पुग्ने छ ।

भारत यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ ।

एसीसी यू-१९ महिला एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय